Like us!
Follow us!
Connect us!
Watch us!

अरूण भ्यालीकाे नाफासँगै घट्याे आम्दानी, अरू सूचक के भयाे ?

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, १३ : २१ मा प्रकाशित

अरूण भ्यालीकाे नाफासँगै घट्याे आम्दानी, अरू सूचक के भयाे ?

अरूण भ्याली हाइड्राेपवार डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले २ करोड ६५ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७०.५० प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले ८ करोड ९९ लाख ६६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी पनि २९.३० प्रतिशतले घटेर ९ करोड ८३ लाख ८३ हजार रुपैयाँमा झरेकाे छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ९१ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पुँजी एक अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीकाे जगेडा काेषमा एक अर्ब ७ करोड ६७ लाख ९८ हजार रुपैयाँ सञ्चित रहेकाे छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ६ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ २२ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको