Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार पुन: उकालो, विकास बैंक र हाइड्राेमा लगानीकर्ताको आकर्षण

नेप्से

बुधबार, ३० कार्तिक २०७९, १५ : १३ मा प्रकाशित

सेयर बजार पुन: उकालो, विकास बैंक र हाइड्राेमा लगानीकर्ताको आकर्षण

आज (बुधबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । दाेहाेराे अंकले बढेकाे बजारमा विकास बैंक र हाइड्राेपावरमा लगानीकर्ताको आकर्षण देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.४० अंकले बढेर १९११.२६ विन्दुमा पुगेकाे छ । नेप्से ०.७१ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.८६ अंकले बढेर ३७६.५७ विन्दुमा पुगेकाे छ । 

कूल २३२ वटा कम्पनीकाे २४ लाख ९५ हजार ६ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा ८५ करोड ९४ लाख ६८ हजार एक सय ५८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड र व्यापार बाहेक सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै विकास बैंक समूह बढेकाे छ ।

बुधबार रिडी पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६ कराेड ३ लाख ३८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज सिक्लेस हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ५३ रूपैयाँ १० पैसा पुगेकाे छ । 

यस दिन जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ४.१३ प्रतिशतले घटेर एक हजार ६ सय रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको