Like us!
Follow us!
Connect us!
Watch us!

कठोर नीति लिएकै कारण अर्थतन्त्र सुधारको बाटोमा : गभर्नर अधिकारी

पत्रपत्रिका

विहीबार, ०१ मंसिर २०७९, ०७ : ०४ मा प्रकाशित

कठोर नीति लिएकै कारण अर्थतन्त्र सुधारको बाटोमा : गभर्नर अधिकारी

गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र सरकारले कठोर कदम चालेकै कारण अर्थतन्त्र सुधारोन्मुख बाटोमा लागेको बताएका छन् । असोज महिनाको तथ्यांकमा अर्थतन्त्रका यसअघि बिग्रिएका सूचक निकै सकारात्मक बन्दै गएको र विशेषगरी करिब १५ महिनापछि शोधनान्तर स्थिति बचतमा आएको उनले बताए ।

उनले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको संकेत नदेखिनेसमेत दाबी गरे ।

राष्ट्र बैंकले लिएको नीतिले सकारात्मक रूपमा काम गरेको कुरा अहिलेको रिजल्टबाट देखिएको र अर्थतन्त्रलाई सही ट्र्याकमा लैजाने आशामा रहेको उनले बताए । राजधानी दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको