Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरका कारण रोक्का रहेका थप ३ कम्पनीको कारोबार खुल्दै

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, ०७ : ११ मा प्रकाशित

मर्जरका कारण रोक्का रहेका थप ३ कम्पनीको कारोबार खुल्दै

मर्जर र प्राप्तिका कारण कारोबार बन्द रहेका थप ३ कम्पनीहरुले कारोबार फुकुवाका लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा निवेदन दिएका छन् । साना किसान लघुवित्त, आएमडिसि र सिभिल बैंकले कारोबार फुकुवाका लागि नेप्सेमा निवेदन पेस गरेका छन् । 

साना किसान लघुवित्त र आएमडिसि लघुवित्त मर्जरमा गएका कारण कारोबार रोकिएको थियो भने सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गरेका कारण उसको सेयर कारोबार रोक्का थियो ।

निवेदन दिएका मध्य सिभिल बैंकको दोस्रो बजार कारोबार फुकुवा गरिसकेको नेप्सेले जनाएको छ । साना किसान लघुवित्त र आएमडिसि लघुवित्तको केहि कागजात नपुगेकाले पुन माग गरिएको र सो प्राप्त हुनासाथ यी कम्पनीहरुको समेत कारोबार सुचारु हुने नेप्सेले जनाएको छ ।

धितोपत्र बोर्डले गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याएको थियो । सो निर्देशिका सो निर्देशिका अनुसार अब मर्ज तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोकिने भएको हो । त्यसैले अहिले मर्जर प्रक्रियाका कारण कारोबार बन्द रहेका कम्पनीहरुको पनि कारोबार फुकुवा हुनेछ ।  

सो निर्देशिकाको दफा १३ मा हाल गाभ्ने गाभिने वा प्राप्तिको प्रकृयामा रही कारोबार रोक्का रहेका कम्पनीहरुको सेयर कारोबार फुकुवाको प्रकृया उल्लेख गरिएको छ। सो अनुसार कारोबार रोक्का रहेका कम्पनीहरुले आधारभूत बाहेकका साधारण सेयरधनीको सेयर कारोबार खुल्ला गर्न नेप्से र सीडिएसमा निवेदन दिनुपर्ने हुन्छ। त्यसपछि तत्कालै नेप्सेले ति कम्पनीहरुको कारोबार खुल्ला गराउनुपर्ने कुरा दफा १३ को उपदफा २ मा उल्लेख गरिएको छ । 
  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको