Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम, ट्रनओभरमा नेपाल बैंककाे अग्रता कायमै

नेप्से

बुधबार, ०७ मंसिर २०७९, १५ : ०३ मा प्रकाशित

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम, ट्रनओभरमा नेपाल बैंककाे अग्रता कायमै

आज (बुधबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.७२ अंकले घटेर १९२१.९९ विन्दुमा झरेकाे छ । नेप्से ०.४० प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.७० अंकले घटेर ३७७.९० विन्दुमा झरेको छ । 

कूल २२३ वटा कम्पनीकाे २८ लाख ३९ हजार ३ सय ७३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २ करोड २२ लाख ९३ हजार ५ सय ५२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ११ वटा उपसमूह घटेकाे छ । उत्पादन तथा प्रषाेधन समूह र व्यापार समूह बढेकाे हाे । 

त्यसैगरी, बुधबार पनि नेपाल बैंक लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १२ कराेड ७७ लाख ४० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सिभिल बैंक लिमिटेड र घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ४.७८ प्रतिशतले घटेर ४ सय १८ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको