Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे २ लघुवित्तकाे काराेबार फुकुवा

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १६ : १९ मा प्रकाशित

नेप्सेले गर्याे २ लघुवित्तकाे काराेबार फुकुवा

मर्जर र प्राप्तिका कारण कारोबार बन्द रहेका थप २ लघुवित्तकाे काराेबार फुकुवा भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र आएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे कारोबार फुकुवा गरेकाे हाे । 

धितोपत्र बोर्डले गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याइसकेकाे छ । सो निर्देशिका अब मर्ज तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोकिनेछ । त्यसैले अहिले मर्जर प्रक्रियाका कारण कारोबार बन्द रहेका कम्पनीहरुको पनि धमाधम कारोबार फुकुवा भइरहेकाे छ ।  

सो निर्देशिकाको दफा १३ मा हाल गाभ्ने गाभिने वा प्राप्तिको प्रकृयामा रही कारोबार रोक्का रहेका कम्पनीहरुको सेयर कारोबार फुकुवाको प्रकृया उल्लेख गरिएको छ। सो अनुसार कारोबार रोक्का रहेका कम्पनीहरुले आधारभूत बाहेकका साधारण सेयरधनीको सेयर कारोबार खुल्ला गर्न नेप्से र सीडिएसमा निवेदन दिनुपर्ने हुन्छ। त्यसपछि तत्कालै नेप्सेले ति कम्पनीहरुको कारोबार खुल्ला गराउनुपर्ने कुरा दफा १३ को उपदफा २ मा उल्लेख गरिएको छ । 

सूचना हेर्नुहाेस् : 
  

637df846287f8.JPG 637df84d1498a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको