Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरमा लगानी गर्ने अवसर ! सिद्धकाली पावर कम्पनीले निर्माण गरिरहेको ‘७५ मेगावाटको त्रिशुली गल्छी’ आयोजनामा संस्थापक सेयर खुल्यो

मंगलबार, ०६ भदौ २०७४, १३ : ०९ मा प्रकाशित

हाइड्रोपावरमा लगानी गर्ने अवसर ! सिद्धकाली पावर कम्पनीले निर्माण गरिरहेको ‘७५ मेगावाटको त्रिशुली गल्छी’ आयोजनामा संस्थापक सेयर खुल्यो

अर्थ संसार, काठमाडौं– सिद्धकाली हाइड्रो पावरले निर्माण गर्न लागेको त्रिशुली गल्छी जलविद्युत् आयोजनामा लगानीका लागि आम नागरिकलाई खुला गरिएको छ ।

कम्पनीले संस्थापक सेयरमा लगानी गर्न एक सूचना मार्फत आम नागरिकलाई खुला गरिएको हो ।  कम्पनीको संस्थापक सेयरको लागि न्यूनतम रु एक लाखदेखि नै लगानी गर्नुपर्ने छ ।

कुल रु १४ अर्बको उक्त प्रोजेक्टमा आम नागरिकलाई लगानीका लागि आग्रह गरेको कम्पनीले जनाएको छ ।

सिद्धकाली पावर लिमिटेडकी कार्यकारी निर्देशक पूजा न्यौपानेले ७५ मेगावाट क्षमता सम्मको आयोजना निर्माणको क्रम सुरु भएको बताइन् ।

उक्त आयोजनामा  लक्ष्मी बैंकको प्रमुख नेतृत्वमा नाम चलेका बैंक तथा वित्तिय संस्थाले ऋण लगानी गदैछन् ।

प्रतिमेगावाट रु १८ करोड ७५ लाखमा हामी प्रोजेक्ट बनाउँदैछौ । ७० प्रतिशत बैंक तथा वित्तिय संस्थाको ऋण र ३० प्रतिशत इक्विटीबाट लगानी गर्ने योजना रहेको छ ।

आयोजनामा ५१ प्रतिशत प्रमोटरको सेयर, १० प्रतिशत स्थानीय प्रभावित धादिङ र नुवाकोट, ३९ प्रतिशत आइपिओको कन्सेप्ट प्रोजेक्टका लागि तय भएको छ ।
 
संस्थापक सेयर सदस्य बन्न चाहनेका लागि न्यूनतम एक लाख भन्दा माथि लगानी गर्ने अवसर पनि दिइएको छ ।

बढी भन्दा बढी नागरिकलाई उद्यमी बनाउने लक्ष्यका साथ संस्थापक सेयरमा लगानी गर्न आग्रह गरिएको र त्यसमा बढी भन्दा बढीको लगानी हुने कम्पनीले विश्वास लिएको छ ।

काठमाडौँबाट असाध्यै नजिकै रहेको सो आयोजनामा राजधानी आसपाबाटै ठूलो रकम उठ्ने विश्वास लिइएको छ । यस्तै विदेशमा कार्यरत नेपाली नागरिकलाई पनि लगानीका लागि आग्रह गरिएको छ ।

थप जानकारीको लागि

59a5112c30181.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको