Like us!
Follow us!
Connect us!
Watch us!

कालिञ्चोकको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीबाट पर्याे माग भन्दा धेरै आवेदन, कसरी भर्ने ?

अर्थ संसार

शुक्रबार, १६ मंसिर २०७९, ११ : ५३ मा प्रकाशित

कालिञ्चोकको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीबाट पर्याे माग भन्दा धेरै आवेदन, कसरी भर्ने ?

कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि पहिलाे चरणकाे आईपीओ बिक्री गरिरहेकाे छ । कम्पनीले पहिलाे चरणमा स्थानिय र वैदेशिक रोजारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेकाे हाे । कम्पनीकाे आईपीओमा तेस्रो दिनसम्ममा वैैदेशिक रोजगारीमा गएका नेपालीबाट माग भन्दा धेरै आवेदन परेको छ । 

सिडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार शुक्रबार बिहानसम्ममा ३ सय ४४ जना नेपालीहरूले १ लाख ७२ हजार ८ सय ९० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा १.६ गुणाले धेरै हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि १ लाख २० हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १ लाख ८ हजार कित्ता आईपीओ खुलाएकाे हाे । आईपीओमा स्थानिय लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय ९० कित्तासम्मका लागि र वैदेशिक राेजगारीमा गएका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार ८ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा मंसिर २८ गतेदेखि ढिलाेमा पुस १४ गतेसम्म आईपीओ भर्न सक्नेछन् ।

कसले दिन पाउँछन् आवेदन ?

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुले यसमा आवेदन दिन पाउनेछन्। धितोपत्र बोर्डको निर्देशिका अनुसार विप्रेषण 'रेमिट्यान्स बचत खाता' भएकाहरुले मात्रै आवेदन दिन पाइनेछ। सो बचत खातामा पछिल्लो ६ महिनाभित्र विदेशबाट ५० हजार रुपैयाँ पठाएको हुनुपर्नेछ।  

प्रकृया के छ ? 

सो आरक्षित आईपीओमा आवेदन दिन आस्वा अनुमती प्राप्त बैंक/वित्तिय संस्थामा रेमिट्यान्स बचत खाता भएको हुनुपर्नेछ। सो वचत खातामा पछिल्लो ६ महिनामा कम्तिमा ५० हजार बराबरको नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले जम्मा गरेको हुनुपर्नेछ। सम्बन्धित बैंकले सो खातामा पछिल्लो ६ महिनामा विदेशबाट ५० हजार नेपाली रुपैयाँ पठाए/नपठाएको चेक गरेर मात्रै आवेदन भेरिफाइ गर्नेछ। 

आवेदन कसरी दिने ? 

आवेदन मेरोसेयरबाटै दिन सकिनेछ। तर सीआरएन नम्बर भने रेमिट्यान्स बचत खातामा डिम्याट खातालाई लिंक गराई लिनुपर्नेछ। अन्यथा मेरोसेयरबाट अप्लाई गर्न मिल्नेछैन।  

सम्पूर्ण विवरणका लागि तलकाे भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको