Like us!
Follow us!
Connect us!
Watch us!

तेह्थुम पावरको साधारणसभा पुस १० गते, लगानीकर्तालाई छैन लाभांश

अर्थ संसार

आइतबार, १८ मंसिर २०७९, ०७ : १२ मा प्रकाशित

तेह्थुम पावरको साधारणसभा पुस १० गते, लगानीकर्तालाई छैन लाभांश

तेह्थुम पावर कम्पनी लिमिटेडले आफ्नो ५ औँ साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको मंशिर १७ गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार ५ औ बार्षिक साधारणसभा पुस १० गते होटल हार्दिक, बागबजार काठमाडौँमा बिहान ११ः३० बजेदेखि सुरु हुने छ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

सभाबाट नयाँ सञ्चालकहरुको चयन समेत हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि मंशिर २५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार मंशिर २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको