Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावर कम्पनीको नाफामा पहिरो, ९६ प्रतिशतले घट्यो खुद मुनाफा

अर्थ संसार

आइतबार, २२ माघ २०७९, ०७ : ०५ मा प्रकाशित

तेह्रथुम पावर कम्पनीको नाफामा पहिरो, ९६ प्रतिशतले घट्यो खुद मुनाफा

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा भारी गिरावट आएको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा ६ लाख ६२ हजार रुपैयाँ नाफामा छ । यो नाफा गत वर्षको भन्दा ९६.१४ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले १ करोड ७१ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ४.२४ प्रतिशतले घटेर ८ करोड २७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ९ करोड ६४ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो । 
 
हाल चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार ९ करोड ७५ लाख ३३ हजार रुपैयाँ नकारात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ३३ पैसा र प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको