Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशुली जलविद्युतको आईपीओकाे रकम जम्मा गर्ने म्याद थपियाे, नबुझाए सेयर जफत गरिने

अर्थ संसार

आइतबार, १८ मंसिर २०७९, ११ : २२ मा प्रकाशित

त्रिशुली जलविद्युतको आईपीओकाे रकम जम्मा गर्ने म्याद थपियाे, नबुझाए सेयर जफत गरिने

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको प्रवद्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर (आईपीओ) बापतको बाँकी रकम संकलन गर्ने म्याद थपेकाे छ ।

यसअघि असाेज ४ गतेदेखि कार्तिक १७ गतेसम्म म्याद दिएर रकम संकलन गरिएकाेमा उक्त अवधिभित्र बाँकी रकम भुक्तानी गर्नका लागि आवेदन नगरेका साविकका ४६ हजार एक सय ७९ जना सेयरधनीहरूलाई बाँकी रकम बुझाउन म्याद थपिएकाे हाे । सेयरधनीहरूले आज (मंसिर १८ गते, आइतबार) देखि फागुन १७ गतेसम्म बाँकी रकम जम्मा गर्न सक्नेछन् ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले चैत ०७५ मा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निष्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । 

कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, ०७५ मा वार्षिक आठ प्रतिशत व्याज दिनु पर्ने प्रावधान बमोजिम शेयरधनीले प्रति कित्ता तीन रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने थियाे । अब भने यसअघि आवेदन नदिएका सेयरधनीले रकम बुझाउने ३ महिनाको अवधिको वार्षिक ८% का दरले लाग्ने प्रतिसेयर ब्याजदर रकम १ रुपैयाँ ७४ पैसा थप गरी ८८ रुपैयाँ ७४ पैसा बुझाउनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको