Like us!
Follow us!
Connect us!
Watch us!

‘असली हिमाली’ को ‘अल इन वान वास’ बजारमा

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, १५ : ५० मा प्रकाशित

‘असली हिमाली’ को ‘अल इन वान वास’ बजारमा

हिमालयन नेचुरल कम्पनी अलसी हिमालीले हिमाली अल इन वान वास उत्पादन बजारमा ल्याएको छ । कम्पनीले नेपालको प्राकृतिक जडिबुटी तथा बनस्पतिबाट उत्पादन भएको विश्वको पहिलो प्राकृतिक र सबैभन्दा किफायती अल इन वान वास बिहीबारदेखि बजारमा ल्याएको हो ।

एउटै अल इन वान वासले जिउ नुहाउने साबुन, स्याम्पू, कण्डिसनर, सेभिङ र फेसवास सबैको काम गर्ने कम्पनीले जनाएको छ । यो खर्चका हिसावले पनि एकदमै सस्तो मानिएको छ । अहिले बजारमा उपलब्ध विभिन्न साबुन, स्याम्पू, कण्डिसनर, सेभिङ र फेसवास खरिदगर्दा १ हजार रुपैयाँभन्दा माथि पर्छ ।

तर, असली हिमालीको उक्त उत्पादन मूल्य ७९ रुपैयाँमा मात्रै पाइने छ । असली हिमालीले रसायन तथा कुनै पनि हानिकारक तत्व नमिसाईएको उत्पादनः साबुन, स्याम्पू, कण्सिनर, जिउ र कपालमा लगाउने तेल, मुखमा लगाउने स्क्रब, सेभिङ बार र फेसवास आम उपभोक्ताको लागि ल्याएको हे ।

कम्पनीको कृषि उत्पादन प्रयोग गरिएको मुस्ली, इनर्जी बार, नेचूरल भाईटामीन – सी कयान्डि र अरु खाद्य उत्पादन मध्येः चिया, मह, हुम्ली नुन, बेसार, मसला मिश्रण, सुकेको मुस्ताङ स्याउ र खुरपानी आदि आम उपभोक्ता बीच लोकप्रिय बन्दै आएको छ ।

असली हिमालीको बडि केयर र खाद्य उत्पादन साकाहारी र जनावरमा परिक्षण नगरीएको उत्पादन हो। असली हिमालीको खाद्य उत्पादन नेपाल सरकारको खाद्य प्राविधि तथा गुण नियन्त्रण र बडि केयरका अवयवहरु अमेरिका को रजिस्ट्रार कर्पोरेसनबाट पनि नियन्त्रण भएको छ । अरु कम्पनीहरु भन्दा असली हिमालीको गुणस्तरीय प्रतिब्धता निकै फरक र ग्राहकमैत्री रहेको छ ।

ग्राहकहरुले कुनै पनि मन नपराएको असली हिमालीको प्रयोग गरेको सामान र त्यसको बिल एक पल्टसम्म असलीलाई बुझाएमा सो को भुक्तानी भएको रकम बिना कुनै सोधपुछ फिर्ता पाउने छन् । यस्तो प्रतिबद्धता दिएर असलीले रसायन र प्लास्टिक मुक्त सामाग्री ग्राहक माझ ल्यायी हरित क्रांति र स्वदेसी उत्पादन उच्च गुणस्तरीय को हुन्छ भन्ने सन्देश दिएको छ ।

असली हिमालीका उत्पादन काठमाडौँमा साथिमार्टको स्टोरहरु (मैतिदेबी, सानेपा, बालकुमरि, टोखा) लगायत लाजिम्पाट, ठमेल, बानेश्वर, पोखरा, जनकपुर, दाङका स्टोरहरुमा िपाउन सकिन्छ । साथै दराज, ग्यापु मार्केट प्लेस, स्मार्टडोको र सस्तोडिल जस्ता अनलाइनमार्ट मार्फत खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको