Like us!
Follow us!
Connect us!
Watch us!

आयात प्रतिबन्ध खुल्ला गर्ने मन्त्रिपरिषद्‍को निर्णय

अर्थ संसार

मंगलबार, २० मंसिर २०७९, १९ : ४३ मा प्रकाशित

आयात प्रतिबन्ध खुल्ला गर्ने मन्त्रिपरिषद्‍को निर्णय

मन्त्रिपरिषद् बैठकले गाडी, मोटरसाइकल, मदिरा र मोबाइलको आयात खुल्ला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको  बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

बैठकले यी विलासी वस्तु आयातमा २९ मंसिर पछि खुल्ला गर्ने निर्णय गरेको हो। यो निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुनेछ  । यस अघि राष्ट्रको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि वाणिज्य मन्त्रालयले वैशाख १३ देखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध गरेको थियो। 

सरकारले अब आफ्नो आयात नीतिलाई खुकुलो बनाउदै आयातलाई परिस्कृत गर्दै ६ प्रकारका वस्तुहरुको प्रतिबन्ध हटाएर ५० हजार डलर भन्दा माथिका गाडी, ३ सय डलर भन्दा महँगो मोबाइल, सबै प्रकारका विदेशी मदिरा र १५० सीसी भन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याइएको थियो ।

अब १ पुस देखि यी वस्तुहरु आयात गर्न सकिने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको