Like us!
Follow us!
Connect us!
Watch us!

बजार ओरालो यात्रामै, लगानीकर्ताको उत्साह घट्दै

नेप्से

आइतबार, २५ मंसिर २०७९, १५ : ०८ मा प्रकाशित

बजार ओरालो यात्रामै, लगानीकर्ताको उत्साह घट्दै

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । लगातार बजार घट्न थालेपछि लगानीकर्ताहरू पनि निराश बनेका छन् । अहिलेकाे अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थामा देखिएका छन् । लगानीकर्ताको उत्साह घट्दै छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा झरेकाे छ । नेप्से १.६७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.२८ अंकले घटेर ३६७.३६ विन्दुमा झरेकाे छ ।

कूल २२५ वटा कम्पनीकाे २० लाख २८ हजार ३ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा ७७ करोड ४९ लाख ११ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै बैंकिङ्ग समूह घटेकाे छ । 

आज शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १० कराेड ९३ लाख ६७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आइतबार २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले घटेर ७ सय एक रूपैयाँ ४० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको