अर्थ संसार, काठमाडौँ– गृह मन्त्रालयले ४४ प्रजिअको सरुवा गरेको छ । मन्त्रालयले १३ राजपत्राङ्कित प्रथम तह र ३१ द्वितीय तहका कर्मचारीको आज सरुवा गरेको हो ।
सोअनुसार सहसचिव चक्रबहादुर बुढा मकवानपुर, आशमान तामाङ सिन्धुपाल्चोक, सीताराम कार्की सुर्खेत, नारायणप्रसाद भट्टराई बर्दिया, महादेव पन्थ ललितपुर, विष्णु पोखरेल इलाम र विष्णुबहादुर थापा बागलुङमा प्रजिअका रुपमा सरुवा हुनुभएको छ ।
यस्तै चन्द्रमान श्रेष्ठलाई उदयपुर, हरिशरण पुडासैनीलाई गृहमन्त्रालयअन्तर्गत व्यवस्थापन महाशाखा, मदन भुजेललाई कपिलवस्तु, विष्णुप्रसाद ढकाललाई प्रहरी किताबखाना र नारायणप्रसाद दुवाडीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस