Like us!
Follow us!
Connect us!
Watch us!

टर्कीएसँग हारे पनि अमेरिका समुह विजेताका रुपमा अन्तिम ३२ मा

अर्थ संसार

शुक्रबार, १२ असार २०८३, १० : ३५ मा प्रकाशित

टर्कीएसँग हारे पनि अमेरिका समुह विजेताका रुपमा अन्तिम ३२ मा

अमेरिकालाई पराजित गरेपनि टर्की विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

टर्कीएका लागि अन्तिम इन्जुरी समयको ८ औं मिनेटमा कान आयहानले गोल गर्दै जित दर्ता गरे । अमेरिकाका लागि अस्टिन ट्रस्टीले ३ मिनेटमै गोल गरेका थिए । त्यसपछि १० औं मिनेटमा टर्कीएका अर्दा गुलरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । यस्तै, ३१ औं मिनेटमा टर्कीएका लागि ओर्कुन कोकुले गोल गर्दै टिमलाई २–१ गोल अन्तरले अग्रता दिलाए । अमेरिकाका लागि ४९ औं मिनेटमा सेबस्टियन बरहाल्टरले बराबरी गोल गरेका हुन् । तर, अन्तिममा टर्कीएले फेरि गोल गरेसँगै अमेरिका पराजित भयो । 

टर्कीए यसअघि पाराग्वे र अस्ट्रेलियासँग पराजित भएको थियो । हारका बाबजुत पनि सहआयोजक देश अमेरिका समुह ‘डी’ को विजेता बनेको छ । समुह चरणको अन्तिम खेलमा टर्कीएसँग पराजित भएपनि यसअघि दुई खेलमा जित निकालेकाले ६ अंकसहित तालिकामा शीर्ष स्थानमा कायम छ । यस्तै अष्ट्रेलिया र पाराग्वेबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । तालिकामा दोस्रो हुँदै अष्ट्रेलियाले नकआउट यात्रा सुरक्षित गरेको छ भने पाराग्वे पनि नकआउट चरणमा कायमै छ । तालिकामा दुवै टोलीले चार अंक जोडेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको