Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर नघटाउने निर्णयले पनि खासै प्रभावित भएन सेयर बजार

नेप्से

मंगलबार, २७ मंसिर २०७९, १५ : ०२ मा प्रकाशित

ब्याजदर नघटाउने निर्णयले पनि खासै प्रभावित भएन सेयर बजार

आज (मंगलबार) नेप्से परिसूचकसँगै काराेबार रकम पनि घटेकाे छ । बजारमा सामान्य गिरावट देखिएकाे हाे। बैंकहरूले ब्याजदर नघटाउने निर्णय गरेतापनि सेयर बजार भने खासै प्रभावित भएकाे छैन । वाणिज्य बैंकहरुले पुसमा पनि ब्याजदर स्थिर राख्ने निर्णय गरेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकमा बैंकरहरुले मंसिरकै ब्याजदरलाई पुसमा निरन्तरता दिने निर्णय गरेका हुन्। जस अनुसार अब पुसमा पनि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको ब्याजदर १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत ब्याजदर कायम गर्नेछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले घटेर १८९९.७० विन्दुमा पुगेकाे छ । नेप्से ०.१३ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.६३ अंकले घटेर ३७१.३० विन्दुमा झरेको छ । 

कूल २४८ वटा कम्पनीकाे २० लाख ५८ हजार ५ सय १० कित्ता सेयर खरिदबिक्री हुँदा ७७ करोड ७० लाख ८९ हजार एक सय ६५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर बढेको छ । 

आज पनि नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ७ कराेड १७ लाख ५६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

मंगलबार सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार २ सय ६० रूपैयाँ २० पैसा पुगेकाे छ । 

आज तेह्रथुम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.२९ प्रतिशतले घटेर ३ सय २० रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको