Like us!
Follow us!
Connect us!
Watch us!

२.६२ अंकले घट्याे सेयर बजार, ७२ कराेडकाे काराेबार

नेप्से

बुधबार, २८ मंसिर २०७९, १५ : १० मा प्रकाशित

२.६२ अंकले घट्याे सेयर बजार, ७२ कराेडकाे काराेबार

सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । नेप्से परिसूचक झिनाे अंकले घट्दा काराेबार रकम एक अर्ब पनि पुग्न सकेन । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.६२ अंकले घटेर १८९७.०८ विन्दुमा झरेकाे छ । नेप्से ०.१४ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.१२ अंकले घटेर ३७०.१९ विन्दुमा झरेको छ । 

कूल २४६ वटा कम्पनीकाे २० लाख ८७ हजार ८ सय ७६ कित्ता सेयर खरिदबिक्री हुँदा ७२ करोड ७८ लाख ७७ हजार ८ सय ९७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहबाहेक सेयर बढेकाे छ । बाँकी ८ वटा उपसमूहकाे सेयर भने घटेकाे छ । 

आज नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे ५ कराेड ३९ लाख १३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार  २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सीवाईसी नेपाल लघुवित्त र इष्टर्न हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

आज पिपुल्स हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर २ सय ७० रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको