Like us!
Follow us!
Connect us!
Watch us!

मुस्ताङकै सबैभन्दा ठूलो विद्युत् आयोजना निर्माण सम्पन्न, २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्दै

शुक्रबार, ०९ भदौ २०७४, १२ : ४५ मा प्रकाशित

मुस्ताङकै सबैभन्दा ठूलो विद्युत् आयोजना निर्माण सम्पन्न, २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्दै

अर्थ संसार, काठमाडौँ– मुस्ताङको टुकुचेमा अवस्थित थापाखोलामा निर्माण भएको थापाखोला  जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ ।

उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्ने तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौको अन्तिम सातासम्ममा १३.६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने आयोजनाले जनाएको छ ।

 थासाङ गाउँपालिका १ मा उक्त आयोजनाले टुकुचे हिमालबाट आएको पानीबाट विद्युत् उत्पादन गरिरहेको छ ।
‘तीन वर्षदेखि भइरहेको कन्स्ट्रक्सनको सबै काम सम्पन्न भएको छ,’ सञ्चालक कम्पनी माउन्ट कैलाश इनर्जीले जनाएको छ ।

मुस्ताङमा मात्र सबै बिजुली खपत नहुने भएकाले राष्ट्रिय प्रसारणमा जोड्न लागिएको बताइएको छ । स्मरण रहोस मुस्ताङ जिल्लाभरिलाई २ मेगावाट भए पुग्छ ।

टुकुचे हिमालबाट बगेको पानीलाई बाँध बनाई ३ किमि क्षेत्रको जलाशय निर्माण गरिएको छ । यहीँबाट १ हजार ८३३ मिटर भूमिगत सुरुङ र ७५० लामो पाइपमार्फत पानीलाई टर्बाइनमा खसालिएको छ । आयोजनाले विद्युत् वितरणका लागि मुस्ताङको तल्लो भेग कोबाङ र म्याग्दीको दानामा सबस्टेसन निर्माण गरिसकेको छ ।

आयोजनाले सर्वसाधारणका लागि रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने जनाएको छ ।

सेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्ससँग सम्झौता गरिसकेको छ । भौगोलिक जटिलताले लगानी बढेर रु २ अर्ब ५६ करोड लागतमा  निर्माण भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको