Like us!
Follow us!
Connect us!
Watch us!

एक सातापछि हरियाे भएर बन्द भयाे सेयर बजार

नेप्से

सोमबार, ०४ पुस २०७९, १५ : ०६ मा प्रकाशित

एक सातापछि हरियाे भएर बन्द भयाे सेयर बजार

आज (साेमबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । गत साेमबार दाेहाेराे अंकले बढेकाे सेयर बजार त्यसपछि भने निरन्तर घटिरहेकाे थियाे । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेकाे छ । नेप्से ०.२१ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.१५ अंकले बढेर ३६३.९७ विन्दुमा पुगेकाे छ । 

कूल २५१ वटा कम्पनीकाे २६ लाख ९९ हजार ३ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ८८ करोड ६० लाख ९८ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहबाहेक सेयर बढेकाे छ । बाँकी ४ वटा उपसमूहकाे सेयर भने घटेकाे छ ।

साेमबार प्राइम कमर्सियल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ६ कराेड ९३ लाख ४३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ४५ रूपैयाँ ७० पैसा पुगेकाे छ । 

यस दिन इष्टर्न हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.९७ प्रतिशतले घटेर २ सय ६४ रूपैयाँ ५० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको