Like us!
Follow us!
Connect us!
Watch us!

भदौ पाँच गतेसम्म अठार पुगेकाले पाउने भए भोट हाल्न

आइतबार, ११ भदौ २०७४, ११ : ५७ मा प्रकाशित

भदौ पाँच गतेसम्म अठार पुगेकाले पाउने भए भोट हाल्न

अर्थ संसार, काठमाडौँ– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था गरेको छ ।


प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्र मतदान गर्न पाउने निर्णय गरेको जानकारी दिनुभयो ।  

सरकारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनाव आगामी मंसिर १० गते आइतबारका लागि घोषणा गरिसकेको छ । सरकारले चुनाव गर्ने गरी मिति घोषणा गरेकै दिनलाई आयोगले १८ वर्ष उमेर पूरा भएको दिन मानेको हो ।

मतदाता नामावली ऐन, २०७३ को दफा ६ ९ ख अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्थाअनुसार मतदाताको १८ वर्ष पुगेको मिति तोकेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगले भदौ ३ गतेसम्म मतदाता नामावलीका लागि नाम संकलनरदर्ता भएका व्यक्तिको विवरण रुजु गरी मतदाता नामावली अद्यावधिक गर्ने काम शुरु गर्ने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको