Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे २ कम्पनीकाे काराेबार राेक्का

नेप्से

विहीबार, ०७ पुस २०७९, १४ : २३ मा प्रकाशित

नेप्सेले गर्याे २ कम्पनीकाे काराेबार राेक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ कम्पनीकाे काराेबार राेक्का गरेकाे छ । नेप्सेले कालिका पावर र मल्टीपर्पस फाइनान्सकाे काराेबार राेक्का गरेकाे हाे ।

दुवै कम्पनीले लाभांश र साधारण सभाकाे जानकारी धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेले जनाएकाे छ ।

ऐ. विनियमावलीको विनियम १६( १ (ख) मा भएको व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको भन्दै दुवै कम्पनीले के कति कारणबाट समयमानै जानकारी नदिएको हो ? पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ ।

सूचना हेर्नुहाेस् :

63a417dd12049.JPG 63a417dd162dd.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको