Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक स्थिर रहँदा बढ्याे सेन्सेटिभ परिसूचक र काराेबार रकम

नेप्से

विहीबार, ०७ पुस २०७९, १५ : ०६ मा प्रकाशित

नेप्से परिसूचक स्थिर रहँदा बढ्याे सेन्सेटिभ परिसूचक र काराेबार रकम

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजार स्थिर रहेकाे छ । नेप्से परिसूचक स्थिर हुँदा काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.०१ अंकले घटेर १८६७.२१ विन्दुमा छ । नेप्से ०.०० प्रतिशतले घटेकाे हो । यता, सेन्सेटिभ परिसूचक भने १.७२ अंकले बढेर ३६७.०६ विन्दुमा पुगेकाे छ । 

कूल २४७ वटा कम्पनीकाे ३१ लाख ११ हजार ८ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ११ करोड ९७ लाख ९७ हजार ९ सय २१ रूपैयाँ ३१ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेको छ । 

त्यसैगरी, बिहीबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे १४ कराेड ९९ लाख ५० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । धाैलागिरी लघुवित्त र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन आँधिखाेला लघुवित्तकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ७.७० प्रतिशतले घटेर १५ सय ३० रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको