Like us!
Follow us!
Connect us!
Watch us!

समस्याग्रस्त ओरेण्टल सहकारीबाट मागदावी अद्यावधिक गर्न बचतकर्तालाई आग्रह

अर्थ संसार

शुक्रबार, ०८ पुस २०७९, १४ : ५२ मा प्रकाशित

समस्याग्रस्त ओरेण्टल सहकारीबाट मागदावी अद्यावधिक गर्न बचतकर्तालाई आग्रह

समस्याग्रस्त घाेषित भएकाे ओरेण्टल सहकारीबाट मागदावी अद्यावधिक गर्न बचतकर्तालाई आग्रह गरिएकाे छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगर, काठमाण्डौले एक सूचना प्रकाशन गर्दै यस्ताे आग्रह गरेकाे हाे ।

सूचनामा भनिएकाे छ, "सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम मिति २०७९ / ०६/०७ मा समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभ लिमिटेड नामक सहकारी संस्थामा रकम जम्मा गर्ने बचतकर्ताहरुले यो प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयको वेवसाइट www.coopmc.gov.np मा गई अनलाईन आवेदन मार्फत मागदावी अद्यावधिक गर्न सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको