Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद् विस्तार आज हुँदै, अर्थमन्त्रीमा महत पक्का

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, ०६ : ४१ मा प्रकाशित

मन्त्रिपरिषद् विस्तार आज हुँदै, अर्थमन्त्रीमा महत पक्का

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सरकारलाई पूर्णता दिने भएका छन् । सत्ता गठबन्धनको बैठक बिहीबार पटक–पटक बसेको थियो तर सहमतिमा ढिलाइका कारण मन्त्रीहरूको शपथग्रहण शुक्रबारका लागि तय गरिएको हो । 

सरकारलाई पूर्णता दिनका लागि बिहीबार बिहान र बेलुका गरी दुई पटक बैठक बसेको थियो तर प्रधानमन्त्री प्रचण्डको व्यस्तता र दलहरूको आन्तरिक तयारीका कारण मन्त्रिपरिषद् विस्तार शुक्रबारका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

शुक्रबार बिहान एक चरण बैठक बसेर मन्त्री र मन्त्रालय चयनको विषयलाई अन्तिम रूप दिइनेछ । त्यसपछि नयाँ मन्त्रीहरूको शपथग्रहण गराइनेछ । नेपाली कांग्रेस उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागि हुने भएको छ । उनलाई उपप्रधान सहित रक्षा मन्त्रालयको जिम्मेवारी दिइने छ भने अर्थमन्त्रीका रुपमा डा. प्रकाश शरण महत लाई पठाउने पक्का भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको