Like us!
Follow us!
Connect us!
Watch us!

अवरुद्ध जलविद्युत् परियोजना आजदेखि सञ्चालन, स्थानीयवासीमा खुसीयाली

सोमबार, १२ भदौ २०७४, १० : ४१ मा प्रकाशित

अवरुद्ध जलविद्युत् परियोजना आजदेखि सञ्चालन, स्थानीयवासीमा खुसीयाली

अर्थ संसार, गुल्मी– गुल्मीको दरमखोला लघु जलविद्युत् परियोजनाको अस्थायीरुपमा विद्युत् सेवा आजदेखि सञ्चालन भएको छ । पुन सञ्चालन भएपछि यहाँका स्थानीयवासीमा खुसीयाली छाएको छ ।

पहिरोले बगाएको बाँध तथा नहरलाई अस्थायीरुपमा नहर निर्माण गरेपछि विद्युत् सेवा सञ्चालन भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।

पचासी किलोवाट क्षमता भएको विद्युत् परियोजना सञ्चालन भएसँगै नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको बडिगाड गाँउपालिकाको वडा नं २ गरी चार वटा वडाका झण्डै ९०० घरधुरीका उपभोक्ताले बिजुली बाल्न पाएका छन् ।

विद्युत् सेवा सञ्चालन भएपछि बिजुली बत्ती, उद्योगधन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चारमाध्यमलगायत विद्युुतीय यन्त्रसमेत सञ्चालनमा आएका छन् ।

जलविद्युत् परियोजना गत तीन हप्ताअघिदेखि सोही वडाकै बसेरीका विभिन्न ठाउँमा माथिबाट खसेकोे पहिरोले विद्युत् नहरको बाँधलाई पहिरोले बगाएपछि जलविद्युत् परियोजना अवरुद्ध भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको