नेप्सेमा ४ कम्पनीको सेयरमूल्य समायाेजन भएकाे छ । मितेरी डेभलपमेन्ट बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल बैंक र प्राईम कमर्सियल बैंककाे सेयरमूल्य समायाेजन भएकाे हाे ।
मितेरी डेभलपमेन्ट बैंक
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे १२.३५ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३६४ रूपैयाँ ९३ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीकाे ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १७७ रूपैयाँ १४ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।
नेपाल बैंक
नेपाल बैंक लिमिटेडको २ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता २८० रूपैयारँ ८८ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।
प्राईम कमर्सियल बैंक
प्राईम कमर्सियल बैंक लिमिटेडको ४ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता २२० रूपैयाँ १० पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस