Like us!
Follow us!
Connect us!
Watch us!

२००० नाघ्याे सेयर बजार

नेप्से

विहीबार, १४ पुस २०७९, १५ : ०६ मा प्रकाशित

२००० नाघ्याे सेयर बजार

सेयर बजार २००० विन्दु नाघेकाे छ । साताकाे अन्तिम काराेबार दिन बिहीबार नेप्से परिसूचकसँगै काराेबार रकममा पनि उछाल देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेकाे छ । नेप्से २.८८ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.९८ अंकले बढेर ३९१.३१ विन्दुमा पुगेकाे छ ।

कूल २५७ वटा कम्पनीकाे ८० लाख २४ हजार ५ सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ । 

बिहीबार हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ कराेड १४ लाख ७१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि आधा दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन उर्जा, सानिमा लाइफ, सृजनशिल लघुवित्त,धाैलागिरी लघुवित्त, अजाेड इन्स्याेरेन्स लगायतको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन नेपाल बैंक डिबेञ्चर २०८७ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ३.९५ प्रतिशतले घटेर ८ सय ११ रूपैयाँ ८० पैसामा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको