नेपालको हार्ड ड्रिङ्क्स र बियरको मार्केट लिडर मध्ये एक, जवलाखेल ग्रुप अफ इन्डस्ट्रीजले विगत कयौं वर्षदेखि आफ्ना उत्कृष्ट उत्पादनहरुले धेरैको मन जित्दै आएको छ । आफ्नो उपभोक्ताको लागि नयाँ उत्पादन ल्याउन क्रममा जवलाखेल गु्रप अफ इन्डस्ट्रीजले प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्व–स्तरीय गुणस्तरको प्रिमियम ह्वीस्की ब्राण्ड “काला पथ्थर” ल्याएको छ ।
काला पथर एउटा ब्लेन्डेड रिसर्व व्हिस्क्य हो, जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ । काला पथ्थरमा सोफिस्टीकेटेड रिच एण्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिन्छ । वाल्र्ड अर्चर्ड फ्रूट्स र टफिको क्रीमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिन्छ । काला पथ्थरको मजा वरफको साथ वा सिधै लिन सकिन्छ ।
काला पथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लीयर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस