Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सकारात्मक माहाेल : ४ महिनापछि ४ अर्ब नाघ्याे काराेबार रकम

नेप्से

आइतबार, १७ पुस २०७९, १५ : १० मा प्रकाशित

सेयर बजारमा सकारात्मक माहाेल : ४ महिनापछि ४ अर्ब नाघ्याे काराेबार रकम

सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि ४ महिनापछि ४ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक १७.२६ अंकले बढेर २०४६.२९ विन्दुमा पुगेकाे छ । नेप्से ०.८५ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.७२ अंकले बढेर ३९४.०२ विन्दुमा पुगेकाे छ ।

कूल २६१ वटा कम्पनीकाे एक कराेड ८ लाख ८० हजार ९ सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । विकास बैंक र फाइनान्स समूह घटेकाे हाे ।

आइतबार नबिल बैंककाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २२ कराेड ५७ लाख ४८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । श्रृजनशिल लघुवित्त, खप्तड लघुवित्त, धाैलागिरी लघुवित्त, अजाेड इन्स्याेरेन्स र प्रभु लाइफकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन सिद्धार्थ इक्विटी फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ५.५७ प्रतिशतले घटेर ८ रूपैयाँ ३० पैसामा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको