Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा किन काटियो विद्युत्

मंगलबार, १३ भदौ २०७४, १२ : १६ मा प्रकाशित

काठमाडौंमा किन काटियो विद्युत्

अर्थ संसार, काठमाडौं – काठमाडौंका केही क्षेत्रमा आज दिनभर विद्युत्त कटौती गरिने भएको छ । सडक विस्तार तथा चक्रपथ सुधार कार्यलाई व्यवस्थित बनाउन सहयोग गर्ने लक्ष्यका साथ आज दिनभर विद्युत् कटौती गर्न लागिएको हो ।
 
ट्राफिक प्रहरीको सरसफाइ अभियानलाई सहयोग गर्न महाराजगञ्ज वितरण केन्द्रले आज बिहान ९ बजेदेखि साँझ ६ बजेसम्मका लागि विद्युत्त आपूर्ति बन्द गर्ने भएपछि यो वितरण केन्द्रबाट वितरित क्षेत्रमा विद्युत्त आपूर्ति बन्द हुन लागेको हो ।
 
ट्राफिक महाशाखाले गत शनिबारदेखि राजधानीमा सरसफाइ अभियान थालेको छ । यही अभियानअन्तर्गत प्रहरीले चक्रपथ क्षेत्रका पोल सारिरहेको छ ।
 
नेपाल विद्युत्त प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रकाअनुसार ट्राफिक प्रहरीको सरसफाइ अभियानलाई सहयोग गर्न आज  बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म विद्युत्त आपूर्ति बन्द गर्न लागिएको हो ।
 
 महाराजगञ्जको चक्रपथस्थित प्रभु बैंकअगाडि सडक छेउको पोलहरु आज स्तानान्तरण गरिँदै छ । वितरण केन्द्रले विद्युत् बन्द गर्दा आज दिनभर महाराजगञ्ज क्षेत्रमा लोडसेडिङ हुनेछ । यो क्षेत्रमा लोडसेडिङ हुँदा टोखा रोडका सबै खानेपानी पम्पहरु, ग्राण्डी, गंगालाल र न्युरो हस्पिटलले असुविधा झेल्नेछन् ।
 
प्राधिकरणका अनुसार, सामाखुसी चोक, टोखा रोड, टोखा बजारलगायत फिडरबाट सप्लाइ भएका क्षेत्रमा पनि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म बिजुली हुने छैन ।
 
चक्रपथ चोक, श्री टोल, धापासी, बसुन्धारा चोक, जिरो पम्प वरिपरिको क्षेत्रमा यही वितरण केन्द्रबाट बिजुली वितरण भएकाले अपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको