Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल विद्युत प्राधिकरणको कारण देशमा सहज रूपमा ईन्टरनेट सेवा प्रदान गर्ने बाताबरण भएन : आईस्पान

अर्थ संसार

सोमबार, १८ पुस २०७९, १६ : ०३ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणको कारण देशमा सहज रूपमा ईन्टरनेट सेवा प्रदान गर्ने बाताबरण भएन : आईस्पान

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले नेपाल विद्युत प्राधिकरणको कारण देशमा सहज रूपमा ईन्टरनेट सेवा प्रदान गर्ने बाताबरण नभएको जनाएको छ। 

सोमबार एक पत्रकार सम्मेलनका बीच विद्युत प्राधिकरणको एकाधिकार र पोल भाडाको कारण ईन्टरनेट सेवा प्रदानमा प्रयोग हुने तार खोजी खोजी काट्ने गरेको आरोप लगाएको छ। 

प्रेस विज्ञप्तिमा “ईन्टरनेट सेवा प्रदायकहरुले सेवा प्रदान गर्नका लागि पूर्वाधारहरू (OPGW, विद्युत पोल लगायतका पूर्वाधार) प्रयोग गर्नुपर्ने हुन्छ, यी पूर्वाधारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार कारण पूर्वाधार दर आफूखुसी कायम गर्दै आइरहेको छ” उल्लेख गरेको छ। विद्युत प्राधिकरणको एकाधिकारका कारण सेवा उपलब्ध गर्न नसकेको ठहर गरेको छ। 

नेपाल विद्युत प्राधिकरणले नियमित महसुल तिर्दा तिर्दै पनि देशका विभिन्न स्थानमा इन्टरनेटको तार काटिएको आईस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए। उनका अनुसार काठमाडौँ पोखरा लगायतका देशका १५ बढी मुख्य सहरहरूमा तार काटिएको जनाएका छन्। विद्युत प्राधिकरणले पूर्वाधार भाडादर शुल्क आफूखुसी बृद्धि गरिरहेको बताएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको