Like us!
Follow us!
Connect us!
Watch us!

ISPANको सामाजिक सञ्जाल बन्द गर्ने तयारी पूरा

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, ०७ : ४७ मा प्रकाशित

ISPANको सामाजिक सञ्जाल बन्द गर्ने तयारी पूरा

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (ISPAN) को पहल र समन्वयमा नेपाल सरकारले नेपालभित्र सूचीकरणबिनै सञ्चालनमा रहेका २६ सामाजिक सञ्जाल बन्द गर्ने तयारी पूरा गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकहरुलाई निष्क्रिय गर्न निर्देशन दिएको हो।


बन्द हुने सामाजिक सञ्जालको सूची

निर्देशनअनुसार नेपालमा अब फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, वाट्सएप, ट्विटर (X), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिनटेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, VK, लाइन, IMO, रम्बल, MeWe, Zalo, Soul र हाम्रो पात्रो जस्ता प्लेटफर्म बन्द हुनेछन्।


ISPAN को तयारी र सरकारसँगको पत्राचार

ISPAN ले भदौ १७ गते नै नेपाल सरकारलाई पत्राचार गरी यस सम्बन्धमा आवश्यक तयारी थालिएको जानकारी दिएको थियो। त्यसपछि प्राधिकरणसँग निरन्तर समन्वय गरी सदस्य इन्टरनेट सेवा प्रदायकहरुलाई आफ्ना नेटवर्कमार्फत ती सञ्जाल बन्द गर्ने कार्यमा लगाइएको छ।


अन्य सञ्जाल निर्वाध रुपमा चल्ने

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रतिबन्धित सूचीबाहेकका अन्य सामाजिक सञ्जाल भने यथावत् सञ्चालनमा रहने स्पष्ट गरिएको छ। यसले प्रयोगकर्तालाई सम्पूर्ण डिजिटल पहुँच बन्द नहुने तर सूचीकृत प्लेटफर्म मात्र अवरुद्ध हुने जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको