Like us!
Follow us!
Connect us!
Watch us!

नव नियुक्त अर्थमन्त्री पौडेलसँग नेपाल मर्चेण्ट बैंकर्स संघद्वारा भेटवार्ता

अर्थ संसार

विहीबार, २१ पुस २०७९, ११ : ११ मा प्रकाशित

नव नियुक्त अर्थमन्त्री पौडेलसँग नेपाल मर्चेण्ट बैंकर्स संघद्वारा भेटवार्ता

नेपाल धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टिकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्रप्राप्त संस्थाहरुको हक हित तथा नेपालको पूँजी बजारको बिकास र संवद्धनका लागी कटिवद्ध रही सकृय रुपमा कार्यरत नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीहरुले अर्थ मन्त्रालयको कार्यालय सिंहदरबारमा नव नियुक्त अर्थ मन्त्री माननिय विष्णु पौडेलसँग भेटवार्ता गरी बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् । साथै उनको कार्यकालमा नेपालको पूँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सबल हुने विश्वास लिएको जानकारी गराएका छन् ।

भेटघाटका अवसरमा अर्थमन्त्री समक्ष मर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्बन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिकाका सम्बन्धमा विस्तृत विवरण पेश गरेको छ ।

सो, अवसरमा मर्चेण्ट बैंकरका हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकाय मार्फत खेल्नुपर्ने भुमिकाका सन्दर्भमा बुँदागत रुपमा प्रकाश पारी सो विवरण अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको