Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजारले भोलि सरकार बनाउन सक्छ, कमजोर आँकलन नगरौं : सुवास चन्द्र ढुङ्गाना

अर्थ संसार

विहीबार, २१ पुस २०७९, १७ : १६ मा प्रकाशित

पूँजी बजारले भोलि सरकार बनाउन सक्छ, कमजोर आँकलन नगरौं : सुवास चन्द्र ढुङ्गाना

पूँजी बजारले भोलि सरकार बनाउन सक्ने क्षमता बाेकेकाे हुनाले यसलाई कमजोर आँकलन गर्न नहुने सेयर विश्लेषक सुवास चन्द्र ढुङ्गाना बताउँछन् । उनले आज फेसबूकमा एक स्टाटस पोस्ट गर्दै यस्तो बताएका हुन् ।

उनकाे स्टाटस जस्ताकाे त्यस्तै :

जुन कुरालाई गिजोल्न खोज्दा देशको अर्थतन्त्र झनै बिग्रियो अहिले त्यहि कुरा समातेर समग्र अर्थतन्त्रलाई सुधार लेराउने सरकारको प्रयास तारिफ योग्य छ !

तरलता अभाबले जसरि सेयर बजारलाई नकारात्मक असर गरेको थियो त्यसैगरी सेयर बजारको ओरालो यात्रा ले तरलता अभाब बढ्नलाई झनै टेवा दियो ! जति जति बजारले माथिको यात्रा समात्दै जान्छ उति-उति लुकेका, हराएका पैसा पनि बजारमा देखिन थाल्नेछ ! कसैको सिरानीमुनि खोज्न जानै पर्दैन !

सेयरबजार भनेको नै यस्तै छरिएको पैसा संकलन गर्ने ठाउँ पनि हो भन्ने कुरा अघिल्लो अर्थमन्त्री ले बुझ्न सकेनन वा बुझेर पनि बुझ पचाए !

कुनै पनि सरकारले हाम्रो पुंजीबजारलाई कमजोर आंकलन नगरुन ! हाम्रो जस्तो देशमा हिजो यसको कुनै पालिकाको प्रमुख बनाउने हैसियत थियो भने आज सांसद र मन्त्रि बनाउने हैसियत बनाएको छ र भोलिको दिन सरकार सम्म बनाउने आँट गर्यो भने अचम्म नमान्दा हुन्छ ! यो पढ्दै गर्दा कस्तो कस्तो लाग्ला तर बास्तबिकता यही नै हो !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको