नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वाणिज्य बैंककाे काराेबार राेक्का हुने भएकाे छ । ग्लोबल आईएमई बैंक लिमिटेर र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको कारोबार रोक्का हुने भएको हो ।
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडकाे नामबाट एकिकृत काराेबार सुरू हुने भएकाे हाे । याेसँगै ग्लोबल आइएमई बैंकको सेयर कारोबार पुस २५ गतेदेखि १५ दिनका लागि रोक्का हुने भएको हाे ।
त्यसैगरी, प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरी पाैष २६ गते, मंगलबारबाट एकिकृत काराेबार सुरू गर्ने भएकाे छ । याेसँगै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेयर कारोबार पुस २६ गतेदेखि १५ दिनका लागि रोक्का हुने भएको हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस