Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको रौनकता कायमै, सूचकसँगै कारोबार रकममा पनि वृद्धि

नेप्से

आइतबार, २४ पुस २०७९, १५ : ०८ मा प्रकाशित

सेयर बजारको रौनकता कायमै, सूचकसँगै कारोबार रकममा पनि वृद्धि

सेयर बजारमा राैनकता कायमै छ । साताको पहिलाे कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि झण्डै साढे ५ अर्ब पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक २०.५५ अंकले बढेर २१६४.४८ विन्दुमा पुगेकाे छ । नेप्से ०.९६ प्रतिशतले बढेकाे हाे । यता सेन्सेटिभ परिसूचक भने स्थिर रहेकाे छ । आज पनि सेन्सेटिभ परिसूचक ४११.२३ विन्दुमा नै छ ।

कूल २५९ वटा कम्पनीकाे एक कराेड ४१ लाख ९ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । बैंकिङ्ग, उत्पादन तथा प्रशाेधन र लघुवित्त समूह घटेकाे हाे । 

आइतबार हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २१ कराेड २९ लाख ५२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त र बाराही हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.२५ प्रतिशतले घटेर ४ सय ५५ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको