Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीहरुले मात्र IGI को लाभांश पाउने

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, ०६ : ३६ मा प्रकाशित

आजसम्म कायम सेयरधनीहरुले मात्र IGI को लाभांश पाउने

आइएमई जनरल इन्स्योरेन्सको लााभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुकक्लोज गर्ने छ। यस अनुसार आज पुस २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०।३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

लाभांश सहितका ऐजेन्डा पारित गर्न इन्स्योरेन्सले माघ ९ गते, होटल लि हिमालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ बजे २५ औँ वार्षिक साधारण सभा डाकेको हो।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको