Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से दाेहाेराे अंकले घट्दा काराेबार रकममा उछाल : ७ अर्ब ६५ कराेडकाे ट्रनओभर

नेप्से

मंगलबार, २६ पुस २०७९, १५ : ०५ मा प्रकाशित

नेप्से दाेहाेराे अंकले घट्दा काराेबार रकममा उछाल : ७ अर्ब ६५ कराेडकाे ट्रनओभर

आज (मंगलबार) नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा झरेकाे छ । नेप्से ०.९७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.७५ अंकले घटेर ४१९.१६ विन्दुमा झरेको छ । 

कूल २५४ वटा कम्पनीकाे २ कराेड ८ लाख ४३ हजार ९ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५ सय ७९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी २ वटा उपसमूहकाेे सेयर बढेकाे छ । बैंक र म्युचुअल फण्ड समूह बढेकाे हाे ।

मंगलबार ङादी ग्रुप पावरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २१ कराेड २१ लाख एक हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस दिन बाराही हाइड्राेपावर कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय १२ रूपैयाँ ७० पैसा पुगेकाे छ ।

आज तारागाउँ रिजेन्सीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.७४ प्रतिशतले घटेर प्रतिकित्ता ४ सय ३८ रूपैयाँ ४० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको