Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ईन्फ्रास्ट्रक्चरले गर्याे उपायमा ६ करोडको लगानी

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, १५ : ५० मा प्रकाशित

नेपाल ईन्फ्रास्ट्रक्चरले गर्याे उपायमा ६ करोडको लगानी

उपायले नेपाल ईन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाट ६ करोडको लगानी पाउन सफल भएको छ । ग्लोबल ईक्वीटी फन्ड, प्राईम लाईफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रचारित / प्रवर्धित नेपाल ईन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड एक प्राईभेट ईक्विटी फन्ड हो । उपाय २०१८ मा स्थापना भएको एक अग्रगाम लजिस्टिक्स कम्पनि हो जसले यो भन्दा अगाडी २०२१ मा डोल्मा ईम्प्याक्ट फन्ड - II बाट रु १८ करोडको लगानी हासिल गरेको थियो । सो लगानी उपाय कम्पनीको बिस्तार साथै देशभर लजिस्टिक्स समाधानको स्थापना गर्नको निम्ति प्रयोग हुँदै आएको छ । सोही अनुरुप उपायले देश भर बजार एकीकरण, सञ्चालन र end-to-end डेलिभरी सञ्चालन गरी लजिस्टिक्सका सबै पक्षहरूलाई एकीकृत गर्दै आएको छ।

उपायका प्रबन्ध निर्देशक सुमन रायमाझी, NIIF बाट प्राप्त लगानी उपाय २.० को ब्यवसाय विस्तार र वृद्धिमा प्रयोग गरिने र यसले कम्पनीलाई नाफाको बाटोमा दोहोर्याउन सफल हुनेमा विस्वस्त छन् । उपाय २.० विशेष रूपमा पूर्वाधार संरचना र प्रविधि विकासमा लक्षित रहनेछ। "आफ्ना चालक/ सवारी साझेदारहरु, फ्रेञ्चाईज साझेदारहरु, व्यापारिक साझेदारहरु र गठबन्धन साझेदारहरुलाई समावेश गरि नेपालको सम्पूर्ण ढुवानी क्षेत्रको उत्थान र विकासमा यो योजना कोशेढुंगा हुनेछ " उनले भने ।

ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक, ( NIIF ) एनआईआईएफका लागि लगानी प्रबन्धक डा. मनिष थापा विश्वस्त हुँदै भन्छन्, "यस लगानीको साथ, उपायले लजिस्टिक उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न जारी राख्नेछ र आगामी वर्षहरूमा यसको उन्नत प्रविधिको प्रयोग र साझा चुनौतीहरू समाधान गर्न नवीन दृष्टिकोणहरू मार्फत वृद्धिलाई अगाडि बढाउनेछ।"

उपया २.० को सफल समापनका लागि उपयाको सिरिज बी क्लोजिङ लक्ष्य ४० करोड रहेको छ र कम्पनीले सन् २०२३ को अन्त्यसम्ममा आफ्नो फन्डिङ लक्ष्य हासिल गर्ने अपेक्षा गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको