Like us!
Follow us!
Connect us!
Watch us!

उपायले सञ्चालनमा ल्यायो चालकहरूलाई विश्राम केन्द्रयुक्त 'उपाय स्टेशन'

अर्थ संसार

आइतबार, ०७ फागुन २०७९, १३ : ३६ मा प्रकाशित

उपायले सञ्चालनमा ल्यायो चालकहरूलाई विश्राम केन्द्रयुक्त 'उपाय स्टेशन'

नेपालको लजिजटिक्स कम्पनी उपायले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजनाअनुरुप विराटनगरमा उपाय स्टेशन सञ्चालनमा ल्याएको छ।

करिब ३ बिघामा फैलिएको 'उपाय स्टेशन' मा ड्राइभरलाई विश्राम केन्द्र, ७० भन्दा धैरै ट्रकहरू पार्किङ गर्न मिल्ने व्यवस्था, नुहाउने र लुगा धुने स्थान, ट्रक मर्मत केन्द्र र सहुलियत क्यान्टिनको सुविधा उपलब्ध रहेको बताइएको छ।

पूर्वपश्चिम राजमार्गको टंकी सिनिवारीमा अवस्थित उपाय स्टेशन नेपालकै पहिलो विश्राम केन्द्र हो। यस स्टेशनमा सामान भण्डारण र वितरणको पनि व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको