Like us!
Follow us!
Connect us!
Watch us!

अवैध कमोडिटी बजार अझै खुल्ला

अर्थ संसार

बुधबार, २७ पुस २०७९, १५ : ३० मा प्रकाशित

अवैध कमोडिटी बजार अझै खुल्ला

२ साता अघि नेपालमा अवैध रुपमा कारोबार संचालन गरेको भन्दै  भन्दै मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स) का अध्यक्ष तथा प्रबन्ध निर्देशक सुनिल श्रेष्ठलाई प्रहरीले पक्राऊ गर्यो। धेरैले आफूहरु ठगिएको भन्दै प्रहरीमा उजुरी दर्ता गराएपछि प्रहरीले श्रेष्ठ लगायत मेक्सका अन्य पदाधिकारीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो। 

नेपाल धितोपत्र बोर्डले आफ्नो नीति तथा कार्यक्रममा कमोडिटि एक्सचेन्जको पनि लाइसेन्स दिने उल्लेख गरेपछि अब कमोडिटी मार्केट वैधानिक रुपमै अघि बढ्ने भयो भन्दै धेरै सर्वसाधारणहरुले मेक्सबाट कारोबार गर्न सुरु गरेका थिए। मेक्समा अहिले २५ हजार ग्राहक रहेको बताईएको छ। तर यो संख्या निकै ठूलो हुनसक्ने मेक्सबाटै कारोबार गर्दै आएका एक व्यक्ति बताउँछन। मेक्सको मार्केट डेप्थमा कृतिम खरिदकर्ताहरु देखाएर कारोबारीहरुलाई फसाउने गरिएको पनि उनी बताउँछन्। सुरु सुरुमा गरिने सानो सानो कारोबारहरुमा नाफा गराईदिने अनि पछि नाफा हुने ठाउँ रहेछ भन्दै ग्राहकले ठूलो कारोबार गर्न थालेपछि प्राय: घाटा हुने र पुरै पैसा डुब्ने गरेको पनि उनी बताउँछन।  

सन् २००९ देखि सोझा साझा लगानिकर्तालाई प्रलोभनमा पारेर अवैध रुपमा संचालन हुँदै आएको कथित कमोडिटि बजार आजको दिनसम्म पनि यो निर्वाध चलिरहेको छ।।

कारोबारीले विश्व बजार सङ्ग प्रतिस्पर्धा गरेर यो बजारमा कारोबार गर्नु पर्ने हो तर यसमा रेगुलेटरकै आफ्नै र सर्बसाधरणसङ्ग मात्र प्रतिस्पर्धा हुन्छ। जुन अवैज्ञानिक हो। किन्ने या बेच्ने बित्तिकै रेगुलेटरले मार्जिन कटाउदा माइनसमा जान्छ। झन ब्रोकर कमिसनको त कुरै नगरौं। १ युनिट गोल्ड ८४ पटक कारोबार गर्दा करिब १ लाख रुपैयाँ कमिसन लाग्छ। यसमा कारोबारीले एकै दिनमा धेरै कारोबार गर्न मिल्छ। कारोबारीलाई भएको घाटा सबै अपरेटरलाई फाइदा; भएन त काइदाको व्यापार।

सानालाई ऐन ठुलालाई चैन यो सन्दर्भमा पनि लागू भएको देखिन्छ। अझै पनि यो अवैध कारोबारबाट मानिसहरु उम्किन सकेका छैन। 

मेक्स नेपालको ५ ओटा बैंक खाता छ र त्यसमा अरबौं रुपैयाँ रहेको हुनुपर्छ भन्ने कुरा यो कारोबार गराउन सकृय टिमबाट कुरा आएको छ। 

यसै विषयमा टेकु प्रहरीसङ्ग कुराकानी भएको र ३० जना पिडितले गुनासो दर्ता गराउनु भएको जानकारी प्राप्त भएको छ। अनुसन्धानको क्रम जारी रहेको र केही दिनमा पत्रकार सम्मेलन गर्ने जानकारी टेकु प्रहरी परिसरबाट प्राप्त भएको छ। ।

हालसम्म यो विषयले मिडियाहरुमा पाउनुपर्ने जति कभरेज नपाएकाले अझै पनि सर्वसाधारण फस्ने सम्भावना यथावत रहेको छ। 
अपरेटरले अझै पनि पैसा डिपोजिट गरेर कारोबार गर्न सक्ने जनाएको छ। तर फिर्ता चाहिँ गर्न सक्दैनन रे समयमा।

यसरी अबैध रुपमा संचालन भएको व्यवसायबाट पिडित हुने ले क्षतिपूर्ति पाउनु पर्छ र दोषीहरु माथि कडा भन्दा कडा सजाय हुनु पर्छ।

(कमोडिटी बजारको नाममा कसरी सोझासाझालाई फसाईने गरेको छ भन्ने कुराको विस्तृत विवरण अर्थसंसारमा केही समयपछि..)
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको