Like us!
Follow us!
Connect us!
Watch us!

सशस्त्रमा दंगा नियन्त्रणका लागि छुट्टै गण, ३ डीआईजीको दरबन्दी थप

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, १८ : ३१ मा प्रकाशित

सशस्त्रमा दंगा नियन्त्रणका लागि छुट्टै गण, ३ डीआईजीको दरबन्दी थप

सशस्त्र प्रहरी बलमा तीन जना डीआईजीको दरबन्दी थप भएको छ । मंगलबारको मन्त्रीपरिषद् बैठकले सशस्त्रमा तीन जना डीआईजीको दरबन्दी थप गरेको हाे । 
थप भएको दरबन्दीअनुसार कानुन शाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलेलिजेन्स ब्यूरोको कमाण्ड अब डीआईजीले गर्नेछन् ।

यसअघि यी युनिटको कमाण्ड एसएसपीले गर्दै आएका थिए । योसँगै अब सशस्त्रमा २१ डीआईजी हुने भएका छन् । यसअघि २ प्राविधिकसहित १८ डीआईजी थिए । त्यस्तै कीर्तिपुरमा रहेको निलबाराही गणलाई दंगा नियन्त्रण गण बनाइएको छ । उक्त गणमा एसपीले कमाण्ड गर्दै आएकोमा त्यसलाई स्तरोन्नति गरेर एसएसपीले कमाण्ड गर्ने बनाइएको छ ।

दंगा नियन्त्रणबारे सशस्त्र प्रहरी बलले पेस गरेको प्रस्तावमा एसएसपीको कमान्डमा काठमाडौंमा छुट्टै दंगा नियन्त्रण गण बनाउनुपर्ने माग थियो । मन्त्रीपरिषद्ले यो प्रस्तावलाई स्वीकृत गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको