Like us!
Follow us!
Connect us!
Watch us!

३६ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति, कुन कति ?

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, १० : ३८ मा प्रकाशित

३६ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति, कुन कति ?

वाणिज्य बैंकहरूमामा थुप्रिएको गैरबैंकिङ सम्पत्ति करिब साढे ४३ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–असोज) विवरणअनुसार देशभरका १९ वाणिज्य बैंकमा जम्मा ४३ अर्ब २४ करोड ३२ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ। अघिल्लो वर्ष यस्तै अवधिमा यो रकम ३१ अर्ब ७३ करोड ३७ लाख रुपैयाँ थियो। यस आधारमा चालु वर्ष वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ३६.२७ प्रतिशतले बढेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने कुनै गैरबैंकिङ सम्पत्ति छैन।

यही अवधिसम्म समग्र वित्तीय प्रणालीमा गैरबैंकिङ सम्पत्ति ५१ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुगेको छ। खराब कर्जा असुली प्रभावकारी रूपमा हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा यस्तो सम्पत्ति बढ्दो क्रममा रहेको बताइन्छ।

वाणिज्य बैंकहरू मध्ये यस वर्ष तीन बैंकले गैरबैंकिङ सम्पत्ति घटाउन सफल भएका छन् भने १६ बैंकमा यसको मात्र बढेको छ। प्राइम बैंक र नेपाल एसबीआई बैंकमा गैरबैंकिङ सम्पत्ति १५ प्रतिशतभन्दा बढीले बढेको छ। कुमारी बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने यस अवधिमा गैरबैंकिङ सम्पत्ति घटाएका छन्।

असोज मसान्तसम्म सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकमा रहेको छ। बैंकको गैरबैंकिङ सम्पत्ति ६ अर्ब ५ करोड ५९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १८.०८ प्रतिशतले वृद्धि हो। दोस्रो स्थानमा हिमालयन बैंक रहेको छ, जसको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ९३ करोड ४ लाख रुपैयाँ छ। तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकमा ४ अर्ब ४६ करोड ४ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ। यी दुवै बैंकमा क्रमशः ८०.२८ प्रतिशत र ५.८२ प्रतिशत वृद्धि भएको देखिन्छ।

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ। समीक्षा अवधिसम्म यस बैंकमा २५ करोड ६७ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति मात्र रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको