Like us!
Follow us!
Connect us!
Watch us!

सिमरा विमानस्थलमा तनाव, आक्रोशित समूहले मुख्य गेट भत्कायो

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, १३ : २८ मा प्रकाशित

सिमरा विमानस्थलमा तनाव, आक्रोशित समूहले मुख्य गेट भत्कायो

बारामा रहेको सिमरा विमानस्थलको मुख्य गेट आक्रोशित समूहले तोडफोड गरेको छ । नेकपा एमालेका कार्यकर्तासँग झडप भएपछि केही युवाहरू विमानस्थलको प्रवेशद्वारसम्म पुगेका थिए र बाहिरबाट धकेल्न थालेपछि फलामको गेट भाँचिएको हो । 

गेट भत्किएपछि केही युवाहरू करिब केही क्षणका लागि विमानस्थल भित्र प्रवेश गरेका थिए । सुरक्षाकर्मीले तत्काल उनीहरूलाई नियन्त्रणमा लिएर बाहिर निकालेका छन् । घटनापछि विमानस्थल क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ भने प्रवेशद्वार वरिपरि निगरानी कडाइ गरिएको छ ।

युवा संघ नेपालको कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितको टोली बारा जाँदै थियो । नेताहरू कार्यक्रम स्थलमा नपुग्दै सिमरा बजार क्षेत्रमा स्थानीय युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको