साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२० अंकले घटेर २५५९.८८ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको बढेको छ । त्यस्तै यो सेसनमा ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अंकले घटेर ४४२.०७ विन्दुमा पुगेको छ ।
आजको उक्त सेसनमा ४३ वटा कम्पनीका ४ हजार ८०५ कित्ता सेयर ८९ पटक खरिद बिक्री हुँदा २७ लाख ४३ हजार ८०२ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस