Like us!
Follow us!
Connect us!
Watch us!

मन्दीतर्फ  विश्व अर्थतन्त्र, नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतः विश्व बैङ्क

पत्रपत्रिका

विहीबार, २८ पुस २०७९, ०७ : २६ मा प्रकाशित

मन्दीतर्फ  विश्व अर्थतन्त्र, नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतः विश्व बैङ्क

उकालो लागिरहेको मुद्रास्फीति, उच्च ब्याजदर, लगानीमा आएको सङ्कुचन र रुस–युक्रेन युद्धले निम्त्याएको अवरोधले विश्व अर्थतन्त्र शिथिलतातर्फ धकेलिएको छ ।

विश्व बैङ्कले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक  प्रोस्पेक्ट्स’ प्रतिवेदनले उल्लेखित कारणले सन् २०२३ मा विश्व अर्थतन्त्र मन्दीतर्फ जाने सङ्केत गरेको छ । कोभिड–१९ सङ्क्रमणले थपेको चुनौती र भौगोलिक सम्बन्धको उतारचढावले अर्थतन्त्रका यी पछिल्ला समस्या बढाएको प्रतिवेदनको निष्कर्ष छ ।

सो प्रतिवेदनअनुसार ८० वर्षपछि  पहिलो  पटक विश्व अर्थतन्त्र एकै दशकमा दुई पटक मन्दीतर्फ जाने अवस्था सिर्जना भएको छ । विश्व बैङ्कले  सन्  २०२३  विश्व  अर्थतन्त्र  केवल  १.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । सन् २०२४ मा भने सुधार आएर आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने प्रक्षेपण छ । खास गरी विकसित मुलुकका  अर्थतन्त्रको  वृद्धिदर  सन्  २०२३  मा  ९५  प्रतिशतले  घट्ने  गरी  यसअघिको  प्रक्षेपण  संशोधन गरिएको पनि विश्व बैङ्कले जनाएको छ । त्यस्तै विकासोन्मुख मुलुकको वृद्धिदर भने यसअघिको  प्रक्षेपणको  तुलनामा  ७०  प्रतिशतले  घट्ने प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि  सन्  २०२४  को  अन्त्यतिर  भने  विश्व  अर्थतन्त्रमा  केही  सुधार  आउने  विश्व  बैङ्कले जनाएको छ । त्यतिबेला उदीयमान र विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर ६ प्रतिशत तल रहनेछ  ।  मुद्रास्फीतिमा  केही  सुधार  आउने  भए  पनि त्यो महामारीपूर्वको अवस्थाभन्दा केही बढी नै हुनेछ । 

विश्व अर्थतन्त्रमा मन्दीतर्फ जाने सङ्केत देखिए पनि चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर भने सामान्य नै रहने विश्व बैङ्कले जनाएको छ । बैङ्कले सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्ष ५.१ प्रतिशत पुग्नेछ । गत आर्थिक वर्षको तुलनामा यो केही कम भए पनि विश्वव्यापी अर्थतन्त्रको तुलनामा भने उच्च हो । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको