Like us!
Follow us!
Connect us!
Watch us!

‘विश्वमा आर्थिक मन्दीको खतरा’

पत्रपत्रिका

सोमबार, ०३ असोज २०७९, ०६ : ३९ मा प्रकाशित

‘विश्वमा आर्थिक मन्दीको खतरा’

विश्व बैङ्कले विश्वव्यापी आर्थिक मन्दी सन्निकट रहेको औँल्याएको छ । सन् २०२२ को सुरुवातसँगै विश्वको प्रक्षेपित आर्थिक वृद्धिदरमा ठूलो गिरावट आइरहेको भन्दै विश्व बैङ्कले विश्वव्यापी आर्थिक मन्दीको अवस्था आउने सङ्केत गरिरहेको जनाएको हो । 

के विश्व मन्दी अवश्यम्भावी छ ?’ शीर्षकको अध्ययन प्रतिवेदनमा विश्व बैङ्कले विश्वव्यापी तीव्र मुद्रास्फीति र कसिलो वित्तीय अवस्थाअनुसार विश्व आर्थिक मन्दीको जोखिमको मुखमा पुगेको दाबी गरेको छ । विगतमा गरिएका विश्वव्यापी आर्थिक प्रगतिका पूर्वानुमानमा उच्च गिरावट आइरहेका छन् । यो अवस्था भनेको १९७० पछिका सबै मन्दीका पूर्वावस्था हुन् । अमेरिका, चीन र सम्पन्न युरोपेली मुलुकको लक्षित वृद्धिदरमा भइरहेको तीव्र क्षयीकरण हेर्दा  विश्वव्यापी  मन्दी  रोक्न  सकिन्छ भन्नेसमेत सङ्केत गर्दैन’ प्रतिवेदनमा भनिएको छ ।

विकासोन्मुख मुलुकमा पनि खतरापूर्ण अवस्था रहेकाले  विश्व  बैङ्कले  आर्थिक  मन्दी  सन्निकट  रहेको आकलन गरेको हो ।सन् २०२२ को जनवरीमा विश्वव्यापी आर्थिक वृद्धि यो वर्षका लागि ४.१ प्रतिशत र सन् २०२३ मा ३.३ प्रतिशत रहने प्रक्षेपण थियो तर गत अगस्टमा पूर्वानुमान गर्दा सन् २०२२ मा २.८ प्रतिशत मात्र र २०२३ मा २.३ प्रतिशत मात्र हुने आकलन छ । 

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको