सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओको बाँडफाँड पुस २७ बुधबार सम्पन्न भएको छ ।
कम्पनीले जारी पुँजीको ५ प्रतिशत अथार्त १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानियहरुका लागि र सर्वसाधारणमा जारी गरिने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कित्ता सेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको थियो।
लगानीकर्ताहरुले बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाईट, कम्पनीको वेबसाइट तथा सिडिएस एण्ड क्लियरिङ हाउसको आईपीओ रिजल्ट हेर्ने वेबसाईटबाट समेत आईपीओ नतिजा प्राप्त गर्न सकिने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस