Like us!
Follow us!
Connect us!
Watch us!

सुपर मादी हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

अर्थ संसार

बुधबार, ११ माघ २०७९, ०७ : ०४ मा प्रकाशित

सुपर मादी हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

सुपर मादी हाइड्रोपावर लिमिटेडले आज माघ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ)मा मंगलबार साँझ सम्ममा ७ लाख बढीको आवेदन परेको छ ।

सिडिएसिका अनुसार कम्पनीको आइपीओमा मंगलबार साँझसम्ममा ७ लाख २६५ जना आवेदकले ८१ करोड ५८ लाख ८३ हजार रुपैयाँ बराबरको ८१ लाख ५८ हजार ८३० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ। त्यसैगरी, २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ १२ गते गतेसम्म ढीलोमा माघ २३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको